जंगलमा लागेको डढेलो बस्तीमा पस्दा बागलुङमा २ घरसहित ५ गोठ जलेर नष्ट

डढेलो बस्तीमा आउने जोखिम कायमै

पाेखरा | चैत २६, २०८०

जंगलमा लागेको डढेलो बस्तीमा पस्दा बागलुङमा २ घरसहित ५ गोठ जलेर नष्ट

पोखरा:     बागलुङको ताराखोला गाउँपालिका १ र २ नम्बरको सिमानामा ४ दिन अगाडिदेखि लागेको डढेलो बस्तीमा पस्दा २ घरसहित ५ वटा गोठ जलेर नष्ट भएको छ । 


गाउँपालिकाको १ र २ नम्बरको वडाको सिमानामा ४ दिन अगाडि लागेको डढेलो गुराँसेको बस्तीमा पस्दा २ घरसहित ५ वटा गोठ जलेर नष्ट भएको वडाध्यक्ष भद्रबहादुर घर्तीले जानकारी दिए । 


‘ताराखोला गाउँपालिका १ र २ जोड्ने सिमानाको धुरीमा ४ दिन अगाडि आगो लागेको देखिएको थियो’, वडाध्यक्ष घर्तीले भने, ‘४ दिन अगाडि लागेको आगो बस्तीतीर आउने देखिएपछि हिजो र आज बस्ती जोगाउन स्थानीयसहित लागि परेका थियौं, दिउँसो खाना खाने समयमा बस्तीमा आगो पस्दा क्षति पुग्यो ।’


ताराखोला गाउँपालिका २ का वडाध्यक्ष घर्तीका अनुसार जंगलको बीचमा रहेको बस्ती जोगाउन अग्नि रेखा बनाएपनि बस्तो जोगाउन नसकिएको सुनगाभा न्यूजसँग बताए । 


‘बस्ती जोगाउन हामी स्थानीयहरुसँग लागि परेका थियौं, आज बिहान अग्नि रेखा बनाएर बस्ती जोगाउने प्रयास गरेका थियौं’, उनले भने, ‘ बस्ती जंगलको बीचमा छ, बस्ती तल र माथी झाडी र खडेरीका कारण सुकेका स्याउला घाँसमा डढेलो बढ्दा नियन्त्रण गर्न सकेनौं ।’

 

स्थानीय नर बहादुर परियार खरको घर गोठ,हरिलाल परियारको खरको घर गोठ,अमृत परियारको २ वटा गोठ इश्वरा परियारको ढुङ्गाको  घर र खरको गोठ, याम बहादुर परियारको खरको गोठ फुलकुमारी परियारको खरको घर र गोठ डढेलो जले नष्ट भएको हो । 


डढेलोका कारण घर जलेर नष्ट भएपछि उनीहरुलाई दाजुभाई घरमा राखिएको वडा कार्यालयले जनाएको छ । 


उनका अनुसार २ घरसहित ५ वटा गोठ जलेर नष्ट हुँदा ४ वटा बाख्रा, १ वटा बोका, १ पाठी, २ वटा भैसी, १ वटा राँगो जलेर मृत्यु भएको छ । भने, आगोले २ वटा भैसीको केही भाग समेत जलेको छ । 
आगोले जलेका २ वटा भैसीको गाउँपालिकाबाट भेटेनरी डाक्टरले उपचार गरिरहेको वडाध्यक्ष घर्तीले बताए । 


४ दिन अगाडि लागेको डढेलो पूर्ण रुपमा नियन्त्रणमा नआउँदा वस्ती जोखिमै रहेको स्थानीयहरुले बताएका छन् । आगलागी हुँदा मानवीय क्षति भने भएको छैन् । 

पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ ।   मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...

थप पढ्नुहोस्

पोखरा ।   गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।   प्रेस रजिस्ट्रारको का...

थप पढ्नुहोस्

पोखरा ।    पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् ।   जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

थप पढ्नुहोस्